काठमाडौं । गौर नगरपालिकास्थित पावर हाउसनजिक यात्रुवाहक बस दुर्घटना भएको छ । गौरबाट चन्द्रपुर नगरपालिकातर्फ जाँदै गरेको ना. ८ ख ८७६३ नम्बरको बस अनियन्त्रित भई सडक किनारमा रहेको बिजुलीको पोलमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बसको अगाडिको भागमा क्षति पुगेको छ भने बिजुलीको पोल ढलेको छ । बसमा सवार सबै यात्रु सुरक्षित रहेका छन् । केही यात्रुलाई सामान्य चोटपटक लागेको बताइएको छ । घटनापछि स्थानीय र नेपाल प्रहरीको टोली तत्काल उद्धारमा खटिएको थियो। बसमाथि बिजुलीको तार खस्न सक्ने जोखिम देखिएपछि थप क्षति हुन नदिन तत्काल विद्युत् आपूर्ति बन्द गरिएको थियो। प्रारम्भिक अनुमानअनुसार तीव्र गतिको कारण बस अनियन्त्रित भएको हुन सक्ने बताइएको छ ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय