ही दिनदेखि अशान्त रहेको रौतहट जिल्ला सदरमुकाम गौर र आसपासका क्षेत्रहरुको जनजीवन बिस्तारै सामान्य बन्दै गइरहेको छ । सोमबार बिहान नागरिक समाजको अगुवाइमा झडप भएको स्थान गौर(६ सबगढामा शान्ति सद्भाव र्याली निकालिएको छ । सबगढाको मुख्य सडकबाट सुरु भएको र्यालीले प्रभावित गाउँ परिक्रमा गरेको थियो । र्यालीमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, स्थानीय, प्रशासन, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो। र्यालीमा सहभागीहरुले आपसी सद्भाव र सहयोग कायम राख्दै एक-अर्कामा आदर-सम्मान गर्नेमा जोड दिएका थिए। उनीहरुले यस्ता खाले घटना कहिले घटना अब उप्रान्त घट्न नदिन सबै पक्ष संयमित हुनुपर्ने बताए।यसैबीच जिल्ला प्रशासन कार्यालय रौतहटले ३ दिनदेखि लागेको कर्फ्यु सोमबार बिहान ६ बजेदेखि हटाएको छ ।
जिल्ला सुरक्षा समिति रौतहटको निर्णयानुसार मिति २०८२-११-०९ गते दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म गौर नगरपालिकाको पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया वाँध, उत्तरमा वम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्मका क्षेत्रहरुमा कुनै व्यक्ति आवतजावत गर्न, कुनैपनि किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क। बमोजिम जारी गरिएको कर्फ्यू आदेश जिल्ला सुरक्षा समितिको मिति २०८२-११-११ गते बसेको बैठकको निर्णयानुसार विहान १ बजेदेखि स्थगित गरिएको ९हटाइएको० व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ। जिल्ला प्रशासन कार्यालय रौतहटद्वारा जारी विज्ञप्तिमा भनिएको छ।






