हिन्दुधर्म रक्षा परिषद नेपालले गो हत्या र गोमांस भक्षण गर्नेहरुलाई कडा कारबाहीको माग गरेको छ । कोशी प्रदेश अन्तर्गत धरानमा गोमांस भक्षणको खुलेआम प्रदर्शन हुदा समेत सरकारले गौ हत्यारालाइृ कारबाही गर्न नसकेको र जसका कारण धार्मिक आस्था माथी आँच आएको भन्दै अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी मार्फत नोपल सरकारलाई ज्ञापन पत्र बुझाउदै कारबाहीको माग गरेको छ ।
नेपालको राष्ट्रिय जनाबरको रुपमा रहेको हिन्दु धर्मालम्बीको पबित्र गाई गोरुको हत्याराहरुले खुलेआम प्रदर्शन गर्दा समेत राज्यले कारबाहीको दायरामा ल्याउन नसकेको आरोप लगाउदै हिन्दु धर्म रक्षा परिषद नेपालका अध्यक्ष नारायण प्रसाद खनालको हस्ताक्षरित ज्ञापन पत्र अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याय मार्फत नेपाल सरकारलाई बुझाएको हो ।






