दक्षिणी ग्रीसमा माछा मार्ने डुङ्गा दुर्घटना हुँदा ७९ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलबाट एक सयभन्दा बढीको उद्दार गरिएको छ । डुंगामा करिब ७५० जना जना रहेको बताइएको छ । ती मध्ये एक सय जना बालबालिका समेत रहेको बताइएको छ । दुर्घटनाग्रस्त डुंगा पाइलोसको दक्षिण–पश्चिममा ८० किलोमिटर (५० माइल) तल खसेको थियो ।
ग्रीसले उक्त दुर्घटनालाई आफ्नो अहिलेसम्मकै ठूलो आप्रवासी त्रासदी भएको बताँदै तीन दिनको शोक घोषणा गरेको छ । डुंगामा सवारहरु कसैले पनि लाइफ ज्याकेट नलगाएको उद्दारकर्ताहरुले बताएका छन् ।






