काठमाडौं – दसैंको घटस्थापना नजिकिएसँगै काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा दसैंका पूजासामग्री किन्ने र बेच्नेको चहलपहल बढेको छ। घटस्थापनाको अघिल्लो दिन बजारमा माटाका भाँडा, मकै, जौलगायत सामग्रीको खरिदबिक्री भइरहेको छ।

घटस्थापनाका दिन माटाका भाँडामा माटो वा बालुवा राखेर जौ तथा परम्पराअनुसार मकै छरी जमरा उमार्ने चलन छ। दसैंको धार्मिक परम्परासँग जोडिएका यी सामग्री खरिद गर्न सर्वसाधारण वसन्तपुर क्षेत्रमा पुग्ने गरेका छन्। घटस्थापनाको तयारीसँगै वसन्तपुर बजारमा देखिएको चहलपहलले दसैंको आगमनको सङ्केत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय