काठमाडौं महानगरपालिकाले स्थानान्तरण गरी कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखेका सुकुमबासी परिवारहरू मध्यराति आएको बाढीका कारण पुनः समस्यामा परेका छन्। शनिबार राति करिब १२ः४० बजे होल्डिङ सेन्टरमा बाढी पसेपछि त्यहाँ आश्रित परिवारहरूको बिचल्ली भएको हो। अचानक बाढी पसेपछि होल्डिङ सेन्टरभित्र रहेका बालबालिका, वृद्धवृद्धा तथा बिरामीहरू थप जोखिममा परेका छन्। बाढीले बसोबास गर्ने स्थान जलमग्न बनाएपछि आश्रित परिवारहरू रातारात सुरक्षित स्थानतर्फ सार्नुपर्ने अवस्था आएको छ।

पीडितहरूले सरकारले १५ दिनभित्र स्थायी व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको भए पनि तीन महिना बितिसक्दा समेत कार्यान्वयन नभएको गुनासो गरेका छन्। असुरक्षित स्थानमा राखिएकै कारण आफूहरू बारम्बार जोखिममा परेको उनीहरूको भनाइ छ। बाढी पसेपछि अहिले होल्डिङ सेन्टरभित्र रहेका सामान सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ। साथै त्यहाँ रहेका सुकुमबासी परिवारलाई खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गर्ने तयारी भइरहेको सम्बन्धित निकायले जनाएको छ। पीडितहरूले तत्काल सुरक्षित आवासको व्यवस्था गर्न र दीर्घकालीन पुनर्स्थापनाको प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय