सल्यानको दार्मा गाउँपालिका ४ रातामाटा सामुदायिक वन क्षेत्रमा घाइते अवस्थामा भेटिएको एक हुडार को उपचारका क्रममा मृत्यु भएको छ।आइतबार दार्मा गाउँपालिका ४ स्थित रातामाटा सामुदायिक वन क्षेत्रभित्र रहेको काफलपानी खोल्सी नजिक हुडार अचेत अवस्थामा फेला परेको थियो।घटनाको जानकारी प्राप्त भएपछि दार्मा कुमाख सब डिभिजन वन कार्यालयका कर्मचारी, स्थानीय बासिन्दा तथा जनप्रतिनिधिको रोहबरमा हुडारको उद्धार गरिएको थियो।

उद्धारका क्रममा हुडारको शरीरका विभिन्न भागमा चोटपटक लागेको देखिएको डिभिजन वन कार्यालयले जनाएको छ।घाइते हुडारलाई तत्काल उद्धार गरी डिभिजन वन कार्यालयमा ल्याई प्राथमिक उपचार गरिएको थियो। उपचारकै क्रममा आज बिहान हुडारको मृत्यु भएको डिभिजन वन कार्यालयले जानकारी दिएको छ। घटनापछि कानुन बमोजिम मुचुल्का तयार गरी आवश्यक प्रक्रिया पूरा गरिएको छ भने घटनाबारे प्रदेश सरकारसमक्ष प्रतिवेदन पठाउने तयारी भइरहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय