प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको विषयलाई ‘तिलको पहाड’ बनाउन केही तत्व लागिरहेको टिप्पणी गर्नुभएको छ । सुजाता कोइरालाले लेखेको ‘म र सानोबुवा’को विमोचन समारोहलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुलमानको विषयलाई लिएर डोरीलाई नाग बनाउने चलखेल शुरू भएको बताउनुभयो ।

घिसिङलाई पदमुक्त गर्ने निर्णयलाई लिएर सामाजिक सञ्जालमा सरकारविरुद्ध चर्को क्याम्पेन भइरहेको छ । माओवादी भातृ संगठन लगायत केही संगठनले सडकमा प्रदर्शन समेत गरेका छन् । ओलीले विद्युत प्राधिकरणको क्याडरकै रूपमा काम गरेका हितेन्द्रदेव शाक्यलाई प्राधिकरणमा नियुक्त गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको हितको लागि इमान्दारितका साथ काम गरिरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले पूर्वराजा शाहप्रति लक्षित गर्दै उहाँले एउटा व्यक्तिलाई मानेर, एउटा संस्था र एउटा व्यक्तिका खानदानलाई मानेर हिँड्ने सामन्ती चिन्तनमा अबको युग जान नसक्ने जिकिर गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली काँग्रेसको पूर्ण समर्थन रहेको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय