प्रधानमन्त्री सुशीला कार्कीले सरकारले घोषणा गरिएको मितिमा आमनिर्वाचन सम्पन्न गराउन सम्पूर्ण प्रयास गरिरहेको बताइन्। बिहीबार आयोजित २२औँ राष्ट्रिय ज्यापु दिवसमा उनले आउँदो २१ फागुन मा चुनाव गराउने लक्ष्य रहेको उल्लेख गर्दै सबै नेपालीको सक्रिय सहभागिता अपेक्षित भएको बताइन्।

प्रधानमन्त्री कार्कीले भने, “सरकारले युवाको हातमा सत्ता सुम्पिएर मुलुकलाई तीव्र विकासको मार्गमा लैजान दायित्व भएको छ। यो अभियान सफल बनाउन सबैको सहयोग आवश्यक छ।”

उनले २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका घटनाबाट सिक्नुपर्ने पाठ रहेको भन्दै मुलुकको युवापुस्ता भ्रष्टाचार अन्त्य, सुशासन, रोजगार, र आधारभूत सुविधा सुनिश्चित गर्न सक्रिय रहेको बताइन्। उनले सबै नागरिकलाई आफ्नो ठाउँबाट योगदान दिन आग्रह गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय