बाजुरा । बाजुरामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडिमालिका नगरपालिका वडा नम्बर–६ की १२ वर्षीया प्रमिला रावल रहेकी छिन् ।
शनिबार मध्यरातिमा हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर कोर्ध गाउँस्थित तुले रावलकी छोरी प्रमीलाको मृत्युभएको हो । चट्याङबाट एक भैँसी, भैँसीको पाडो र एक गोरुसमेत मरेको छ । प्रमीला नेपाल राष्ट्रिय आधारभूत विद्यालय कक्षा २ मा अध्ययनरत थिइन् ।



चट्याङले गरेको थप क्षतिको विवरण अझै आइ नसकेको र घटना स्थलमा प्रहरी टोली गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।



