नेपाल प्रहरीको सर्वोच्च पदमा चन्द्रकुवेर खापुङलाई नियुक्त गरिएको छ। १३ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई १९ भदौदेखि लागू हुने गरी नेपाल प्रहरीको महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको थियो।आज गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव गोकर्णमणि दुवाडीले खापुङलाई दर्ज्यानी चिह्न लगाएर पदभार ग्रहण गराएका छन्। निवर्तमान महानिरीक्षक दिपक थापा भदौ १८ गते राति १२ बजेदेखि अवकाशमा गइसकेका थिए।
दर्ज्यानी चिह्न लगाएपछि खापुङले आजै प्रहरी प्रधान कार्यालय, नक्शाल पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम छ। उनको सेवाकालमा नयाँ प्रहरी ऐन लागू भएमा सेवाको अवधि हालको प्रावधान अनुसार थप ६ महिनासम्म विस्तार हुनेछ। नभए उनी ३० वर्षे सेवा अवधिपछि २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जानेछन्।






