काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ७ मा ‘चन्द्रागिरि नवाह कथा महायज्ञ दीप प्रज्ज्वलन– २०८३’ हुने भएको छ । आगामी बैशाख ११ गतेदेखि धार्मिक अभियन्ता तथा समाजसेवी हरि महत र लायन्स क्लब अफ काठमाडौं हेरिटेज, धरहराको संयुक्त आयोजनामा नवाह कथा महायज्ञ दीप प्रज्ज्वलन गर्न लागेको हो ।



नवाहमा विश्वप्रसिद्ध कथाबाचक प्रवीण दिनबन्धु पोखरेलको मुखारविन्दबाट भागवत कथा वाचन हुनेछ । अभियन्ता हरि महतले धर्म, संस्कृति, परम्पराको संरक्षण मातृभूमि नेपाल आमाको स्वस्तिशान्ति, नेपाली जनताको सुख र शान्तिको लागि चन्द्रागिरिमा नवाह तथा दीप प्रज्ज्वलन गर्न लागेको बताएका छन् ।
अभियन्ता महतले नेपाल आमा स्वस्तिशान्ती पूजा अभियानमा सबैलाई सहभागी हुन आग्रह समेत गरेका छन् । यस यज्ञले धार्मिक एकता र सहिष्णुताको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नुका साथै पर्यटनको प्रवद्र्धनमा पनि टेवा पु¥याउने विश्वास लिइएको छ ।
अभियन्ता महतले यसअघि पशुपतिनाथ मन्दिरमा १ करोड ११ लाख ११ हजार ११ सय १, मुस्ताङको मुक्तिनाथ मन्दिरमा १ करोड ११ लाख ११ हजार ११ सय १ र सुनसरीको बराह क्षेत्रमा १ सय करोड दीप प्रज्ज्वलन तथा श्रीमद् भागवत महायज्ञ सफलरुपमा सम्पन्न गरिसकेका छन् ।
चन्द्रागिरि नगरपालिका वडा नं. ७ गौचरणबाट केबलकार जाने बाटो नजिक हुने कार्यक्रमको OURNEWSCREW बाट प्रत्यक्ष प्रशारण हुनेछ ।



