काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. १२ गुर्जुधारामा बस र स्कुटर एक आपसमा ठक्कर खाँदा दुर्घटना हुन पुगेको छ ।

कर्णाली प्रदेश ०२००१ ख ०७५० नम्बरको बस र बागमती प्रदेश ०२–०१५ प १०६३ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाँदा दुर्घटना हुन पुगेको हो । कर्णाली प्रदेश बसको ठक्करबाट सँगै रहेको चन्द्रागिरि यातायातको बा ५ ख ६६६९ नम्बरको बसको मुनि स्कुटर परेको थियो । दुर्घटनामा स्कुटर चालक सामान्य घाइते भएका छन् ।

ठक्कर दिने बसले स्कुटर मर्मत गरिदिने र सामान्य घाइते भएका व्यक्तिले आफैले उपचार गर्ने सहमति भएपछि नियन्त्रणमा लिइएका दुबै बसलाई छोडिएको थानकोट प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय