काठमाडौं । चन्द्रागिरि नगरपालिका–१२, गुर्जुधारामा अवस्थित गुर्जुधारा डेन्टल केयर प्रा.लि.ले नयाँ वर्ष २०८३ को अवसर पारेर सर्वसाधारणलाई लक्षित गर्दै एक महिने निःशुल्क दन्त परीक्षण तथा परामर्श कार्यक्रम सञ्चालनमा ल्याएको छ । बैशाख १ गतेदेखि सुरु भएको उक्त अभियान बैशाख महिनाभर जारी रहने जनाइएको छ ।



डेन्टलका अनुसार अभियान अन्तर्गत सेवाग्राहीहरूले निःशुल्क रूपमा दन्त परीक्षण गराउन सक्नेछन् भने अनुभवी चिकित्सकमार्फत मुख तथा दाँतसम्बन्धी आवश्यक परामर्श पनि प्राप्त गर्न सक्नेछन् । साथै, दन्त सेवाहरूलाई सर्वसुलभ बनाउने उद्देश्यले विभिन्न उपचारमा विशेष छुटको व्यवस्था गरिएको छ । दाँतको एक्स–रे सेवामा विशेष छुट प्रदान गरिनेछ भने दाँत सफाइमा २५ प्रतिशत र अन्य दन्त उपचार सेवामा १५ प्रतिशतसम्म छुट दिइने जनाइएको छ ।
यस अभियानअघि, मातातीर्थ औँसीका अवसरमा विशेष निःशुल्क दन्त शिविरमा उल्लेखनीय सहभागिता देखिएको थियो । उक्त मेलामा सहभागी भएका अधिकांश सेवाग्राहीहरूले दन्त परीक्षण गराउँदै आफ्नो मुख स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । शिविरमार्फत धेरैले पहिलोपटक दन्त परीक्षण गराएको र यसले स्थानीय समुदायमा दन्त स्वास्थ्यप्रति जागरूकता बढाउन सहयोग पुगेको डेन्टलले जनाएको छ ।
डेन्टलका अनुसार नेपालमा अझै पनि दन्त स्वास्थ्यप्रति आवश्यक सचेतना नहुँदा धेरै मानिसहरूले समयमै उपचार नगर्ने समस्या देखिन्छ । नियमित परीक्षणको अभावमा सामान्य समस्या जटिल बन्ने भएकाले यस्तो अभियानले प्रारम्भिक चरणमै समस्या पहिचान गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।
गुर्जुधारा डेन्टल केयरले गुणस्तरीय सेवा, आधुनिक उपकरण र अनुभवी चिकित्सकमार्फत सेवा प्रदान गर्दै आएको छ । आगामी दिनमा पनि यस्तै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको डेन्टलले जनाएको छ ।
नयाँ वर्षको अवसर पारेर ल्याइएको यस विशेष योजनाबाट अधिकतम लाभ लिन सम्पूर्ण स्थानीयवासी तथा सेवाग्राहीलाई डेन्टल केयर प्रा.लि.ले आग्रह गरेको छ ।



