काठमाडौ । चन्द्रागिरि नगरपालिकाको थानकोटस्थित गोदामचोक नजिकै ट्याक्सी दुर्घटना भएको छ । बागमती प्रदेश ००२ ज ७३१० नम्बरको एक विद्युतीय ट्याक्सी दुर्घटनामा परेको हो ।

दुर्घटनामा ट्याक्सीका चालक सामान्य घाइते भएका छन् । उनको थानकोट प्राथमिक अस्पतालमा उपचार भइरहेको प्रहरी वृत्त थानकोटले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय