काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर–२ स्थित ताप्केचौरमा बृक्षारोपण गरिएको छ ।

पाताल तथा ठोस्ने खोला र चिसापानी सामुदायिक वन उपभोक्ता समुहको आयोजनामा ताप्केस्थित हनुमान बाटिका क्षेत्र वरपर बृक्षारोपण गरिएको हो । रुख रोपौं, वन जागाऔं भन्ने नाराका साथ मंगलोदय सृजनशील समाजको प्रायोजन र हनुमान बाटिका निर्माण समिति सह–आयोजकमा चाँप, अमला, अम्बा, असारे फुल, पिपल, बर, धुपी, टाँकी, पारिजातलगायतका विभिन्न प्रजातिका रुख रोपिएको थियो ।

पाताल तथा ठोस्ने खोला सामुदायिक वनका अध्यक्ष कृष्ण सुवेदीले हनुमान बाटिका क्षेत्रलाई ऐतिहासिक, सास्कृति र वातावरणीय रुपमा विकास गर्न बृक्षारोपण कार्यक्रमले सहयोग पुग्ने बताउनु भएको छ । आफ्नै सामुदायिक वन भित्र जैविक विविधताको रक्षा गर्दै आन्तरिक र वाह्य पर्यटकको लागि यो क्षेत्र चाँडै नै विकास गरी आयआर्जनको रुपमा परिवर्तन गर्दै अघि बढ्ने स्पष्ट पार्नुभयो ।

साथै मंगलोदय सृजनशील समाजका सल्लाहकार रविन्द्र रिजालले चन्द्रागिरि नगरपालिका वन वातावरणको रुपमा धनी रहेको बताउनु भएको छ । उहाँले यस क्षेत्रमा झण्डै डेढ सय प्रकारका चराहरु, विभिन्न प्रजातीका जनावर र पुतलीहरुका साथै झण्डै ६ सय भन्दा बढी प्रकारका औषधियजन्य वनस्पतिहरु नगर क्षेत्र भित्र रहेका २३ वटा सामुदायिक वन भित्र रहेको उल्लेख गर्नुभयो । पाताल तथा ठोस्ने सामुदायिक वन भित्र हनुमान बाटिका, सिग्देल कुलायन मन्दिर, शक्रेश्वर महादेव, शक्रस्वपान क्षेत्र समेत भएकाले पौराणिक र आधुनिक सास्कृतिक विविधताले भरिएको रमणिय स्थान भएको दाबी गर्नुभयो ।

यसैगरी मंगोलदय सिर्जनसिल समाजका अध्यक्ष दिवाकर थापाले समाजले समाजमा विभिन्न सामाजिक गतिविधि गर्दै आएको परिपेक्षमा यसपटक आफ्नै नगरभित्र वातावरण संरक्षणको लागि बृक्षारोपण कार्यक्रमलाई अघि बढाएको उल्लेख गर्नुभयो । उहाँले रोपिएका विरुवाहरुको संरक्षणका लागि तीन तीन महिनामा विरुवाको गोलमेल तथा मल व्यवस्थापन समाजले गर्ने पनि बताउनु भयो ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष भाईकृष्ण तामाङ, स्थानीयबासी, सामुदायिक वनका उपभोक्ताहरु, वन बाटिका निर्माण समितिका प्रतिनिधिहरुलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय