काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर १५स्थित तीनथानामा मोटरसाइकल अनियन्त्रित भई स्कुटरमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । बा ८५प ४८२२ नम्बरको मोटरसाइकल बा प्र ०२–०४२ प ९८२२ नम्बरको स्कुटरमा ठोक्किएर दुर्घटना भएको हो ।

मृत्यु हुनेमा नगरपालिका–४ थानकोट घर भएका ३४ वर्षीय रोशन ढकालको मृत्युभएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका ढकालको सहिद मेमोरियल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका स्कुटरमा सवार दुई जनाको सहिद अस्पतालमै उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय