काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत कलंकी–नागढुंगा सडकखण्डमा भयानक दुर्घटना भएको छ । राजमार्गअन्तर्गत कलंकी–थानकोट सडकको दाउरा डिपो नजिक दुर्घटना भएको हो ।

थानकोटबाट कलंकी जाँदै गरेको स्कुटरलाई अर्को सवारी साधनले ठक्कर दिँदा स्कुटरमा सवार एक महिला र पुरुष गम्भीर घाइते भएका छन् । प्रत्यक्षदर्शीका अनुसार स्कुटरलाई बसले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । ठक्कर दिने बस फरार रहेको प्रत्यक्ष्यदर्शीले बताएका छन् ।

बस र चालकको खोाजी भइरहेको र थप अनुसन्धान भइरहेको प्रहरी वृत्त थानकोटले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय