काठमाडौं । चन्द्रागिरि नगरपालिकाको १६औं नगर सभाको तेस्रो बैठक पनि नेकपा एमालेले बहिष्कार गरेको छ । नगरको १६औं नगर सभाको दोस्रो बैठकमा आगामी आर्थिक वर्ष २०८२-०८३ को बजेट तथा कार्यक्रमको विषयमा राजश्व प्रक्षेपण समितिले स्रोत प्रक्षेष्ण गरेको स्रोत अनुमान ६६ करोड ८८ लाख भन्दा धेरै बढी १ अर्ब ४८ करोड स्रोत अनुमान गरिएको भन्दा बढी बजेट बनाउन खोजेको भन्दै नगरसभामा नेकपा एमालेले आपत्ति जनाउँदै आएको छ ।

नेकपा एमालेले नगर सभा बैठकमा ९ बुँदा आपत्ति जनाउँदै बहुमतको आधारमा गरिएको निर्णयले नगर दुर्घटनामा फस्ने र बैठकमा अनुपस्थित व्यक्तिलाई निर्णय पुस्तिका बनाई हस्ताक्षर गराउनु जालसाजीपूर्ण कर्म भएको भन्दै बैठक बहिष्कार गरेको हो । आपत्ति पत्रमा विषयगत समितिमा छलफल नै नगरी बजेट सीमा निर्धारण समितिको बैठकको वैधानिकतामा प्रश्नचिन्ह खडा हुने गरी प्रचलित विधिविधान मिच्दै तयार गरिएको स्रोत सुनिश्चितता विनाको प्रस्तुत आ.व. २०८२-०८३ को लागि चन्द्रागिरि नगरपालिकाको प्रस्तावित बजेट कार्यक्रमप्रति नेकपा (एमाले) ले आपत्ति जनाएको छ ।

नगरसभाबाट बहुमतको दम्भले नगरमा घाटा बजेट पास गर्न खोजिएको भन्दै एमालेले नगरसभा बैठकको आपत्ति जनाउँदै बैठक बहिष्कार गर्दै आएका छन् । आजको बैठकमा पनि बजेट जर्वरजस्ती पास गर्न खोजिएको भन्दै एमालेका नगर सभा सदस्यहरु बैठकमा आफु बसेको स्थानबाट उठेर विरोध गरेका थिए । आफ्नो विरोधका बाबजुद पनि बैठक नरोकिएपछि एमालेका नगरसभा सदस्यहरुले बैठक बहिष्कार गर्दै सभाबाट बाहिरिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय