काठमाडौं । चन्द्रागिरि नगरपालिकाको नागढुंगाबाट हाइस खस्दा १९ यात्रु घाइते भएका छन् । काठमाडौंबाट चितवन जाँदै गरेको बा.३ ख ८६२९ नम्बरको हाइस नागढुंगाको पहिलो मोडबाट भिरमा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा चालकसहित १९ यात्रु घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको सतुंगलस्थित एपीएफ अस्पतालमा उपचार भइरहेको छ । हाइस सडकबाट करिव २ सय मिटर तल खसेको छ । दुर्घटनामा अहिलेसम्म कुनै मानवीय क्षति नभएको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय