काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं २ नागढुंगामा दुई बालक फेला परेका छन् । आयुष कोइराला र सुलोचन बयलकोटी नाम बताउने दुई बालक चन्द्रागिरि नगरपालिका अन्तर्गत नागढुंगामा फेला परेका हुन् । आयुष कोइरालाले बाल सेवा सेकेण्डरी स्कुल झोंछे, काठमा डौंका रहेका बताएका छन् भने अन्दाजी ५ वर्षीय बयलकोटीले आफ्नो ठेगाना बताउन नसकेको प्रहरीले जनाएको छ । बालकहरुले स्पष्ट रूपमा आफ्नो घरपरिवारको विवरण बताउन नसकेका कारण उनको अभिभावक वा आफन्तको खोजी भइरहेको नागढुंगा प्रहरीले जानकारी दिएको छ ।

बालकको परिवार, आफन्त वा उनलाई चिन्ने जो–कोही व्यक्तिलाई तत्काल इलाका प्रहरी कार्यालय नागढुंगामा सम्पर्क प्रहरीले आग्रह गरेको छ । साथै, बालक सम्बन्धी कुनै जानकारी भए नजिकको प्रहरी कार्यालय वा नागढुंगा प्रहरीलाई खबर गर्न पनि अनुरोध गरिएको छ ।

प्रहरीले सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत बालकको परिवारसम्म सूचना पु¥याउने प्रयास भइरहेको जनाएको छ । वडा नंं २ का कार्यबाहक वडा अध्यक्ष चन्द्रकुमारी बस्नेत गिरीले पनि बालकको परिवारको खोजीका लागि सहयोग गर्न आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय