काठमाडौं । चन्द्रागिरि नगरपालिका–२ स्थित पिपलामोडमा यात्रुवाहक बस र ट्रिपर एकआपसमा ठोक्किँदा दुवै सवारीका चालक घाइते भएका छन् ।

काठमाडौंतर्फ आउँदै गरेको बा.प्र. ०३–००१ ख ३५४० नम्बरको यात्रुवाहक बस र धादिङतर्फ जाँदै गरेको बा.२ क १२५४ नम्बरको ट्रिपर पिपलाबोट नजिक रहेको भित्तेघर (भूतघर) सँगै एकआपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा बस चालक सिराहा जिल्ला कर्जन्हा नगरपालिका–३ निवासी ४७ वर्षीय देवकुमार सिंहको टाउको र खुट्टामा सामान्य चोट लागेको छ ।

यस्तै, ट्रिपर चालक ३५ वर्षीय प्रताव भूजेलको बायाँ काँध भाँचिएको नागढुंगा प्रहरी प्रमुख अजयजंग थापाले जानकारी दिनुभयो । दुवै घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले दुर्घटनापछि घटनास्थलमा पुगेर आवश्यक उद्धार तथा सवारी व्यवस्थापनको काम गरेको थियो । दुर्घटनामा संलग्न बस र ट्रिपरलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले छ । यात्रुहरूको अवस्था भने सामान्य रहेको छ ।

घटना शुक्रबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय