काठमाडौं । चन्द्रागिरि नगरपालिकाको बलम्बुमा विद्यार्थी र स्थानीय किशोरीहरुलाई आत्मरक्षा तालिम दिइएको छ । चन्द्रागिरि नगरपालिकाको सहयोगमा ह्युमन नेपालको आयोजनमा किशोरीहरुलाई आत्मरक्षा अभिमुखिकरण कार्यक्रमम गरिएको हो । कार्यक्रममा आत्मरक्षा प्रशिक्षक रविन्द्र श्रेष्ठ तथा सामाजिक अभियन्ता तथा आत्मरक्षा प्रशिक्षक पद्मा खयरगोलीले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा प्रशिक्षक रविन्द्र श्रेष्ठले आत्मरक्षाका लागि प्रयोग हुने दैनिक अभ्यास तथा आकस्मिक विभिन्न उपायहरुलाई प्रयोगात्मक तरिकाबार सिकाएका थिए ।

यस्तै अर्का प्रशिक्षक पद्मा खयरगोली (श्रेष्ठ) ले किशोरकिशोरी, विद्यार्थीले सामाजिक नियम, कानुनी ज्ञानलाई सकारात्मक तथा व्यवहारिकरुपमा लागू गर्नुपर्नेमा जोड दिएकी थिइन् । उनले किशोरकिशोरीमाथि हुनसक्ने सांघातिक आक्रमण, लैंगिक हिंसामा आफ्नो सुरक्षाका लागि अपनाउनुपर्ने उपायहरु प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा स्थानीय तथा बलम्बु माध्यामिक विद्यालयका करिव ३० जना किशोरीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय