काठमाडौं । नेपाली संगीत क्षेत्रका अग्रज गायक आनन्द कार्कीलाई सम्मान गरिएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ नैकापस्थित ब्राइट फ्यूचर सेकेण्डरी स्कुलले कार्कीलाई विशेष समारोहकाबीच सम्मान गरेको हो ।

विगत चार दशकदेखि नेपालीसँगै हिन्दी भाषाका थुप्रै गीत गजलहरू गाउनु भएका कार्कीले नेपाली सांगीतिक क्षेत्रमा पुर्याउनु भएको योगदानको कदरस्वरुप स्कुलले सम्मान गरेको छ । कार्कीले अहिलेसम्म गीत, गजल र हिन्दी भाषा गरी तीन हजार भन्दा बढी गीतमा स्वर प्रदान गरिसक्नु भएको छ । कार्कीलाई केही दिनअघि संगीत क्षेत्रमा विशेष योगदान पु¥याएको भन्दै शान्तिवन, भारतमा आयोजित ग्लोबल समिट २०२५ मा गायन योगदानको कदर स्वरूप सम्मान गरेको थियो । कार्की नेपालको गजल सम्राटको रुपमा पनि परिचित छन् ।

कार्कीले चन्द्रागिरिका स–साना भाई बहिनी र अभिभावकका बीच स्कुलले आफुलाई सम्मान गरेको गर्वको अनुभूति भएको बताउनु भयो । उहाँले उक्त कार्यक्रममा आफ्ना केही चर्चित गीतहरु गाएर त्यहाँको वातावरण नै संगीतमय बनाउनु भएको थियो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार डा. नवराज लम्साल, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय