काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. १४ मा रहेको ब्राइट फ्युचर सेकेण्डरी स्कुलले आफ्नो ३९ औं वार्षिकोत्सव भव्य रुपमा मनाउने भएको छ । शिक्षा क्षेत्रमा चन्द्रागिरिमा मात्र नभइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत ख्याती कमाएको, गुणस्तरीय शिक्षामा क्रियाशिल विद्यालयले आफ्नो ३९औं वार्षिकोत्सवमा तीन दिनसम्म सम्मान तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गर्दै मनाउन लागिएको विद्यालयका अध्यक्ष मोहन कुमार कार्कीले जानकारी दिनुभएको छ ।
अध्यक्ष कार्कीका अनुसार चैत्र २७ गते (आज) प्रसिद्ध बाल साहित्यकार तथा गीतकार रामबाबु सुवेदीको प्रमुख आतिथ्यतामा नर बहादुर विश्वकर्माद्वारा चित्रकला उट्घाटन र दिक्षान्त समारोह तथा विभिन्न साँस्कृतिक कार्यक्रमको समेत आयोजना हुँदैछ ।

यसैगरी चैत्र २८ गते (भोलि) मदन पुरस्कार विजेता प्रसिद्ध साहित्यकार तथा प्राज्ञ परिषद् सदस्य अमर न्यौपानेको प्रमुख आतिथ्यतामा स्कुलको परिचय समेटिएको पुस्तक विमोचन र सांस्कृतिक कार्यक्रम रहेको छ ।

कार्यक्रमको अन्तिम दिन चैत्र २९ गते विद्यालयका पूर्व विद्यार्थी एवम् प्रतिनिधि सभा सदस्य भूमिका श्रेष्ठ तथा नायिक प्रियंका कार्कीलाई विशेष सम्मान गर्ने कार्यक्रम छ । सोही दिन लोकप्रिय गायक आनन्द कार्की तथा विद्यालयका विद्यार्थीहरुबाट सांगितिक तथा सांस्कृतिक प्रस्तुती रहेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । चन्द्रागिरि नगरपालिका वडा नं. १४ नैकापस्थित विद्यालय भवन परिसरमा हुने कार्यक्रममा विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई पनि सम्मान गरिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय