काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. १४ नैकापस्थित ब्राइट फ्यूचर माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गर्दै शतप्रतिशत सफलता प्राप्त गरेको छ ।

विद्यालयका अध्यक्ष मोहन कार्कीले ६ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेको र अन्य विद्यार्थीले पनि उच्च ग्रेड प्राप्त गरेको जानकारी दिनुभयो । विद्यालयका प्रधानाध्यापक दयाराम थापाले विद्यार्थीको निरन्तर मेहनत, शिक्षकहरूको समर्पण तथा अभिभावकको सहयोगका कारण यस्तो सफलता सम्भव भएको बताउनुभयो । थापाले केवल परीक्षामुखी शिक्षाभन्दा पनि व्यवहारिक ज्ञान, नैतिक शिक्षा, अतिरिक्त क्रियाकलाप तथा विद्यार्थीको समग्र व्यक्तित्व विकासलाई विद्यालयले प्राथमिकतामा राख्दै आएकोले निरन्तर उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउनुभयो ।

४ जीपीए ल्याउने विद्यार्थीहरूले आफ्नो सफलताको श्रेय विद्यालयको शैक्षिक वातावरण, शिक्षकहरूको मार्गदर्शन र अभिभावकको हौसलालाई दिएका छन् । उनीहरूले नियमित अध्ययन, समय व्यवस्थापन र आत्मविश्वासका कारण उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताएका छन् । विद्यालय व्यवस्थापन समितिले पनि उत्कृष्ट नतिजाप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक पूर्वाधार र शैक्षिक कार्यक्रमलाई थप प्रभावकारी बनाइने जनाएको छ ।

अभिभावकहरूले पनि विद्यालयको सफलताप्रति खुसी व्यक्त गर्दै विद्यार्थीको पढाइसँगै अनुशासन, संस्कार र सामाजिक जिम्मेवारीलाई पनि महत्व दिने भएकाले राम्रो परिणाम सम्भव भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय