काठमाडौं । चन्द्रागिरि नगरपालिकाको एक मात्र आयुर्वेदिक अस्पताल मातातिर्थ आयुर्वेद तथा बैकल्पिक चिकित्सा अस्पतालमा आज देखि शल्यक्रिया सेवा सुरु भएको छ ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले शल्यक्रिया सेवाको औपचारिक रुपमा सुरु गर्नुभएको हो । उहाँले आयुर्वेदिक अस्पतालले दिएको सेवा नगरमा मात्र नभई देशैभरको पालिकामा कुरा उठ्ने गरेको उल्लेख गर्नुभयो । प्रमुख गिरीले अस्पतालमा स्वास्थ्य चेकजाँचका लागि आउनु भएका विरामीको स्वास्थ्य उपचार देखि औषधिसम्म पूर्णरुपमा निःशुल्क दिन नगरपालिका सक्षम भएको बताउनु भयो । उहाँले नगरबासीलाई अस्पतालले दिंदै आएको सेवा र फरक उपचार पद्धतिले विरामीको रोग निको हुन थालेपछि नगरबासी मात्र नभई स्वदेश तथा विदेशका नागरिकको समेत विश्वास जित्न सफल भएको दाबी गर्नुभयो ।

मातातीर्थ आयुर्वेद तथा बैकल्पिक चिकित्सा अस्पतालका प्रमुख नारायण आचार्यले पालिकामा रहेको आयुर्वेद अस्पतालले शल्यक्रिया सुरु गर्नुभनेको सामान्य नभएको बताउनु भयो । उहाँले जनप्रतिनिधि, बुद्धिजिवि, नगरपालिका र अन्य व्यक्तिको सहयोगकै कारण चन्द्रागिरि नगरपालिकामा आयुर्वेदिक उपचार पद्धतिले इतिहास रच्न सफल भएको उल्लेख गर्नुभयो । उहाँले शल्यक्रिया केही महंगो हुने भएपनि सुरुवाती दिनमा अस्पतालले पूर्णरुपमा निःशुल्क उपचार गर्ने जानकारी दिनुभयो । शल्यक्रिया सेवा सुरुभएसँगै वरिष्ठ शल्यचिकित्सक डा. जितेन्द्र कुमार मण्डलले पाइल्सको अप्रेशन गर्नुभएको प्रमुख आचार्यले जानकारी दिनुभयो । उहाँले गुदागत बिकारहरुको एकदिने निःशुल्क बिशेषज्ञसहितको शिबिर संचालन गरिएको समेत जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय