काठमाडौं । काठमाडौंको चन्द्रागिरिस्थित विष्णुदेवी माध्यमिक विद्यालयको विद्यालय भवनको उद्घाटन भएको छ । भारत सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विद्यालयको भारतको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा उक्त विद्यालयको नवनिर्मित भवनको भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशल, वडाध्यक्ष घनश्याम लुइँटेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर सुवेदी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना निर्देशक डिल्लीराम लुइँटेलले संयुक्त रुपमा उद्घाटन गरिएको हो ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिका, नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभाग र केन्द्रीय भवन अनुसन्धान संस्थान रुड्कीका प्रतिनिधि लगायत उपस्थित थिए । सरकारको भूकम्प उत्थानशील पुनर्निर्माण मापदण्ड अनुरुप करिब ६ करोड ९ लाखको लागतमा विद्यालय भवनको निर्माण गरिएको हो ।

नवनिर्मित संरचनामा दुईवटा ब्लक छन् । जसमा १३ वटा कक्षाकोठा, प्रशासनिक कक्ष, पुस्तकालय, बहुउद्देश्यीय हल, प्रयोगशाला आदि छन् । नवनिर्मित भवन बालमैत्री, लैङ्गिकमैत्री र अपाङ्गमैत्री भूकम्प प्रतिरोधी संरचनाले ५०० भन्दा बढी विद्यार्थीले लाभ लिन सक्नेछन् । २०७२ सालको विनाशकारी भूकम्पपछिको पुनर्निर्माणका लागि भारत सरकारले उपलब्ध गराएको अनुदान रकम ५० मिलियन अमेरिकी डलर अन्तर्गत नेपालका आठ जिल्लामा निर्माण भइरहेका ७१ शैक्षिक संस्थामध्येकै एक हो ।

यी ७१ शैक्षिक संस्थामध्ये ६५ वटा विद्यालयको निर्माण सम्पन्न भइसकेको छ भने बाँकी ६ वटा पनि छिट्टै सम्पन्न हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय