काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. १०, सतुङ्गलमा अपाङ्गता सहायक सामग्री नापजाँच तथा वितरण गरिएको छ ।

चन्द्रागिरि नगरपालिका १० नं. वडा कार्यालय, सतुङ्गलको आर्थिक सहयोगमा अपाङ्गता–अभिभावक समाज नेपालको आयोजनामा संचालन भएको कार्यक्रममा वडाका ८ जना बिभिन्न प्रकारका अपाङ्गता भएका ब्यक्तिहरूलाई वहाँहरूको आवश्यकता अनुसारका अपाङ्गता सहायक सामग्री ह्विलचियर २ जनालाई, कमोड चियर ५ जनालाई, बैशाखी १ जनालाई, थेरापि बल ४ जनालाई, वाकर १ जनालाई, अटिजम थेरापी शैक्षिक सामाग्री २ जनालाई वडा अध्यक्ष शिव कुमार महर्जन र वडा सदस्य भेषराज उपाध्यायबाट वितरण गरिएको हो ।

वडा अध्यक्ष शिव कुमार महर्जनले वडाले अपाङ्गत सहायक सामग्री वितरण प्रत्येक बर्ष गरिरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताउनु भयो । अपाङ्गताका सवालमा वडा जहिले सकारात्मक रहेको र आगामि दिनमा पनि वडाको तर्फबाट अपाङ्गता भएका ब्यक्ति तथा तिनका अभिभावकहरूका लागि के कस्ता कार्यक्रम तथा सहयोग गर्नु पर्छ वडा सदैव तयार रहेको वडा अध्यक्ष महर्जनको भनाइ छ । कार्यक्रममा नियो चाईल्ड केयर सेन्टर, बालुवाटारका वरिष्ठ फिजियो थेरापिस्ट समिद कतिला श्रेष्ठबाट सहभागीहरूलाई अटिजम अपाङ्गता सम्बन्धी अभिमुखिकरण प्रदान गरिएको थियो ।

कार्यक्रमको दोस्रो चरणमा अपाङ्गता सहायक सामग्री वितरणको आौपचारिक कार्यक्रम अपाङ्गता–अभिभावक समाज नेपालका अध्यक्ष टेक बहादुर बमको अध्यक्षतामा संचालन भएको थियो भने कार्यक्रमका प्रमुख अतिथि १० नं. वडाका वडा अध्यक्ष शिव कुमार महर्जन रहनु भएको थियो । अतिथिहरूमा वडा सदस्य भेषनाथ उपाध्याय, नियो चाईल्ड केयर सेन्टरका वरिष्ठ फिजियो थेरापिस्ट समिद कतिला श्रेष्ठ, सतुङ्गल स्वास्थ्य चौकीका प्रमुख मेनुका रिजाल, अपाङ्गता क्षेत्रका अग्रज समाजसेवी नीलकण्ड पौडेल, संस्थाका पदाधिकारी, अपाङ्गता भएका ब्यक्ति र तिनका अभिभावकहरू गरि ३४ जनाको उपस्थिति रहेको थियो ।

सतुङ्गलको जेष्ठ नागरिकको सभाहलमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष टेक बहादुर बमले पालिका स्तरमा अपाङ्गता थेरापि सेन्टर र सबै प्रकारका अपाङ्गता भएका ब्यक्तिहरूलाई अध्ययन गर्न मिल्ने स्कुल स्थापनाका लागि पहल गिरदिन वडालाई आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा वडाका जनप्रतिनिधि, सहयोग संस्थाका प्रतिनिधि, अपांगता भएका बालबालिकाका अभिभावकलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय