काठमाडौं । चन्द्रागिरि नगरपालिका–५ स्थित हाईभिजन महिला समूहको अध्यक्षमा विनिता आले निर्वाचित हुनुभएको छ । हाइभिजनस्थित योग तथा जुम्बा हलमा सम्पन्न दोस्रो अधिवेशनबाट आले अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

अधिवेशनले १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसअनुसार उपाध्यक्षमा विना श्रेष्ठ, सचिवमा पार्वती पोखरेल, सह–सचिवमा शोभा दुलाल र कोषाध्यक्षमा खुन्ती राना चयन हुनुभएको छ । सदस्यहरूमा शोभा गिरी, कुमीसरा सारु, थमाया गुरुङ, सविता कुँवर, तुलसा कार्की, संगीता अधिकारी, यामु तुलाचन, सीमा गुरुङ र लक्ष्मी भट्टचन रहनुभएको छ ।

महिला समूहले विगतदेखि नै महिलाहरूको सामाजिक तथा आर्थिक सशक्तिकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रममा निवर्तमान अध्यक्ष चित्रकला भट्टचनले आफ्नो कार्यकालमा समूहलाई संस्थागत रूपमा सबल बनाउने प्रयास गरेको उल्लेख गर्दै नयाँ नेतृत्वलाई आवश्यक अनुभव र ज्ञान हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

हाईभिजन समाजका अध्यक्ष ताराबहादुर केसीले महिला समूहले समाजमा उल्लेखनीय योगदान पुर्र्याउँदै आएको बताउँदै आगामी दिनमा रोजगारी सिर्जना र क्षमता विकासका कार्यक्रमलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले समूहले आवश्यक परेमा समाजबाट पूर्णसहयोग रहने विश्वास पनि व्यक्त गर्नुभयो ।

अधिवेशन कार्यक्रममा स्थानीय बासिन्दा, बुद्धिजीवी तथा समाजका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय