काठमाडौं । चन्द्रागिरि नगरपालिकाको नगरसभा नेकपा एमालेका जनप्रतिनिधिहरुले बहिष्कार गरेका छन् । नगरपालिकाको जारी १६ नगरसभाको आजको दोस्रो बैठक बहिष्कार गरेका हुन् ।

नगरप्रमुख घनश्याम गिरीले स्रोत अनुमान विना बजेट ल्याएको भन्दै एमालेले नगरसभा बहिष्कार गरेको हो । बहिष्कार पछि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रमुख बसन्ती श्रेष्ठले राजश्व परामर्श समितिले अनुमान गरेकोभन्दा १ सय २५ गुणा बढी बजेट ल्याएर नगरपालिकाले घाटा बजेट ल्याएको टिप्पणी गर्नुभयो । उहाँले गतवर्षकै करोडौं भुक्तानीहरु बाँकी रहेकोले अव आउने लागेको बजेट पनि सोही परिस्थिति दोहोरिने बताउनु भयो । उहाँले यस्ता भ्रामत्मक बजेट ल्याउनु भनेको जनतालाई दुःख दिने नियत प्रष्ट भएको दाबी समेत गर्नुभयो ।

नेकपा एमाले नगर कमिटी सचिव लक्ष्मी थापा सुवेदीले असंवैधानिक रुपमा वडा वडामा बजेट सिलिङ पठाएको आरोप लगाउनु भयो । बजेट सिलिङमा समेत स्रोत अनुमान नपाठाइएको उहाँको भनाइ छ । यस्तै नेकपा एमालेबाट निर्वाचित वडा नं. ६ का वडा अध्यक्ष सञ्जय सिग्देलले नगर प्रमुखले हचुवाको भरमा बजेट ल्यएको टिप्पणी गर्नुभयो । उहाँले नगरप्रमुखले बजेटको आकार ठूलो बनाउनुपर्छ भन्ने मान्यताले बजेट ल्याएको समेत बताउनु भयो । अध्यक्ष सिग्देलले राजश्व परामर्श समितिले अनुमान गरेकोभन्दा तेब्बर बढी बजेट आएकोमा असन्तुष्टी व्यक्त गनुृभयो । उहाँले स्रोत अनुमान विना बजेट ल्याउनु भनेको नगर र नगरवासीको भविष्यमा दुर्घटना हुने समेत बताउनु भयो । एमालेका जनप्रतिनिहरुले आजको सभामा नोट अफ डिसेन्ट लेखेका छन् ।

एमालेको बहिष्कार पछि नगरप्रमुख घनश्याम गिरीले स्रोतको पहिचान खोज्नु पर्ने बताउनु भएको छ । उहाँले पुरातन शैलिमा विकास नहुने भन्दै राजश्व परामर्श समितिमा बसेका व्यक्तिले स्रोत खोज्ने कि भएको पैसा घटाएर कसरी कम काम गर्ने भन्ने सोच्नुपर्ने प्रश्न गर्नुभयो । उहाँले धेरैभन्दा धेरै राजश्व संकलन गर्ने र काम पनि धेरै गर्नुपर्नेमा जोड दिनुभयो । बहुमतको दम्भमा घाटा बजेट ल्याएर नगर प्रमुखले नगरपालिकालाई खाल्डोमा हाल्न लागेको हो भन्ने ? सञ्चारकर्मीको प्रश्नमा प्रमुख गिरीले केन्द्रले पनि घाटा बजेट बनाउने तर घाटा बजेट ल्याउँदै आत्तिनुपर्ने अवस्था नरहेको जिकिर गर्नुभयो । प्रमुख गिरीले एमाले सहमति आए मिलेर बजेट ल्याउने सहमतिमा नआए बहुमत प्रक्रियाबाट बजेट पारित गर्ने पनि बताउनु भयो ।

चन्द्रागिरि नगरपालिकाले नगरपालिले आर्थिक वर्ष २०८२÷०८३ का लागि २ अर्ब ९३ करोड बजेट सिलिङ गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय