चन्द्रागिरि नगरपालिकामा आज जुरिस्डिक्शनल रेडप्लस (उत्सर्जन न्युनिकरण) कार्यक्रम सम्बन्धि गोष्ठी आयोजना गरिएको छ। कार्यक्रमको मुख्य उद्देश्य स्थानीय स्तरमा कार्बन उत्सर्जन घटाउने उपाय र दिगो वातावरणीय विकासको रणनीति सम्बन्धि सरोकारवालालाई जानकारी दिनु रहेको थियो। गोष्ठीमा नगरपालिकाका प्रमुख अधिकारी, वातावरणविद्, शिक्षक तथा सरोकारवालाहरू सहभागी थिए। कार्यक्रममा सहभागीहरूले शहरमा हरित योजना लागू गर्ने, वृक्षारोपण, ऊर्जा बचत र समुदायमा वातावरणीय सचेतना बढाउने उपायबारे छलफल गरेका छन्।

नगरपालिकाका वातावरण अधिकृत लक्ष्मी भट्टले भनिन्, “यस किसिमका कार्यक्रमले जलवायु परिवर्तनसँग जुझ्न र स्थानीय वातावरणीय सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउँछन्। हामी प्रत्येक वार्डमा हरित पहललाई सक्रिय रूपमा अघि बढाउने योजना बनाउँदैछौँ।” आयोजकको अनुसार, गोष्ठीले नगरपालिकामा हरित तथा दिगो विकास लक्ष्य प्राप्त गर्न थप पहल गर्नुपर्ने आवश्यकता औँल्याएको छ। कार्यक्रमले समुदाय, विद्यालय र स्थानीय व्यवसायसँग समन्वय गरेर वातावरणीय सुधारका कार्यहरू अघि बढाउने लक्ष्य राखेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय