काठमाडौं । चन्द्रागिरि नगरपालिकामा पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८१ हुने भएको छ । चन्द्रागिरि नगरपालिकाको प्रशासकीय भवनमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख घनश्याम गिरीले प्रतियोगिताको विषयमा जानकारी गराउनु भएको हो ।

प्रमुख गिरीले नगरभित्र रहेका सामुदायिक विद्यालय र संस्थागत विद्यालय गरेर ४२ वटा विद्यालयले प्रतियोगितामा भाग लिएको जानकारी दिनुभयो । उहाँले पछिल्लो समय खेलाडीले देशको नाम राख्दै आएको र चन्द्रागिरि नगरपालिकाका केही खेलाडीले पनि देश र नगरको नाम राख्न सफल भएको बताउनु भयो । उहाँले आगामी पुस्तामा नगरबाट विभिन्न विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी जन्माउने उद्देश्यले नगरपालिकाले विभिन्न समयमा खेलकुदका गतिविधि गर्दै आएको र रनिङ्ग शिल्ड प्रतियोगिताले अझ टेवा पुग्नेमा दाबी गर्नुभयो । उहाँले सामुदायिक विद्यालय र संस्थागत विद्यालयबीच गराईएको प्रतिस्पर्धाले संस्थागत विद्यालय भन्दा सामुदायिक विद्यालय केहीमा कम छैन भन्ने उद्देश्यले उनीहरुबीच भिडन्त गराइएको बताउनु भयो ।

प्रतियोगितामा कबड्डी, भलिबल, दौड, ज्याभलिङ थ्रो, त्रिपलजम्प, लङजम्प, सट्पुट, हाईजम्प, तेक्वान्दो, कराँतेलगायत १७ खेलमा ७०१ छात्रा १०६३ छात्रको सहभागिता रहेको छ । उद्घाटन खेल नैकाप फुटबल ग्राउण्डमा विहान साढे १० बजेदेखि सुरु हुनेछ । नगरपालिकाले खेलाडीको लागि १ लाखसम्मको दुर्घटना विमा समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय