काठमाडौं । २२औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका दिवस चन्द्रागिरि नगरपालिकामा पनि मनाइएको छ । ‘स्वस्थ समुदायको निर्माण, सामुदायिक स्वास्थ्य स्वयम्सेविकाको योगदान’ नाराका साथ चन्द्रागिरि नगरपालिका सभाहलमा स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा नगरप्रमुख घनश्याम गिरीले स्वास्थ्य क्षेत्रमा खटिने स्वयम्सेविकाहरुको काम सराहनीय रहेको उल्लेख गर्दै सेवामा खटिन आग्रह गर्नुभयो ।

उपप्रमुख बसन्ती श्रेष्ठले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुले सामुदायिक स्वास्थ्यमा योगदान पु¥याउदै आएको बताउनु भयो । उहाँले स्वयम् सेविकाहरुलाई सेवाग्राहीलाई आफ्नै सम्झेर काम गर्न पनि सुझाव दिनुभयो ।
कार्यक्रममा कार्य अवधि पूरा गरेका नगरपालिकाका स्वयम् सेविकाहरुलाई विदाई गरिएको थियो भने नयाँ स्वयम् सेविकाहरुलाई स्वागत गरिएको थियो । कार्यक्रममा नगरपालिकाको सामाजिक समितिका संयोजक घनश्याम लुँइटेल, नगरभरीका स्वास्थ्य स्वयम् सेविकाहरुको सहभागिता रहेको थियो ।

अन्तराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा हरेक वर्ष डिसेम्बर ५ तारिखमा यो दिवस मनाउने गरिन्छ । सरकारी तथ्यांक अनुसार हरेक वडामा कम्तीमा एकजना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् । स्वयंसेविकाहरुले परिवार नियोजनबारेको चेतना, अस्थायी साधन वितरण, झाडापखाला, श्वासप्रश्वास सम्बन्धी रोगको प्राथमिक उपचार, खोप कार्यक्रम सञ्चालन, स्वास्थ्य शिक्षा प्रदान जस्ता काम गर्दै आएका छन् । राष्ट्रिय महिला विशेषतः मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य, प्रजनन् स्वास्थ्यलगायतका विषयमा समुदायमा जनचेतना अभिबृद्धि र सेवा प्रवाह, आमा समूहमा छलफलमार्फत जनस्वास्थ्य सम्बन्धी सुचना तथा सेवाहरुको पहुँचमा बृद्धि गराई मातृ, शिशु तथा बालबालिकामा रोग लाग्ने दर र तिनको मृत्युमा कमी ल्याउन उनीहरुले काम गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय