काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर १३ स्थित नैकाप फुटबल ग्राउण्ड देखि जोगिनी गुफा सडक खण्डको बंगलामुखी मन्दिर देखि किटनी भन्ज्याङ्गसम्मको सडक ढलान सम्पन्न भएको छ ।

चन्द्रागिरि नगरपालिका र नेपाल सरकारबीचको सहकार्यमा सडक निर्माण भएको हो । नेपाल सरकारको ३ करोड समपुरक बजेटबाट नैकापको फुटबल ग्राण्ड देखि जोगिनी गुफासम्म पुग्ने ६ मिटर चौडाई र ३४० मिटर लम्बाईको सडकमा ढल तथा ढलान कार्य सम्पन्न भएको हो ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले उक्त सडकको अवलोकन गर्नु हुँदै सडकमा दुर्घटना न्यूनिकरणका लागि ३ सय ४० मिटर सडक बेरियर समेत राखिएको जानकारी दिनुभयो । उहाँले थानकोटस्थित सहीद स्मारक पार्कमा पनि समपुरक बजेटबाटै काम भइरहेको बताउनु भयो । अनुगमनको क्रममा प्रमुख गिरीले प्रदेश सरकारको १ करोड ५० लाख र चन्द्रागिरि नगरपालिकाको १ करोड ५० लाखको समपुरक बजेट तथा नगरपालिकाले थप ५० लाख बजेट विनियोजनबाट पार्कमा काम भइरहेको बताउनु भयो ।

यस्तै समपुरक बजेटबाटै थानकोटस्थित सहीद स्मारक पार्कमा पनि काम भइरहेको छ । प्रदेश सरकारको १ करोड ५० लाख र चन्द्रागिरि नगरपालिकाको १ करोड ५० लाखको समपुरक बजेट तथा नगरपालिकाले थप ५० लाख बजेट विनियोजनबाट पार्कमा धमाधम निर्माण कार्य भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय