काठमाडौं । चन्द्रागिरि नगरपालिकाको स्वास्थ्य शाखाले ५ वर्ष मुनिका बालबालिकालाई दिंदै आएको नियमित खोप तिहारपछि संचालन हुने भनि सूचना जारी गरेको छ ।
स्वास्थ्य शाखाले सूचना जारी गरेपछि चन्द्रागिरि नगरपालिकाको प्रत्येक स्वास्थ्य चौकीले सूचना जारी गर्दै वडाबासीलाई कात्तिक महिनाको ७ गतेको सट्टा ९ गते खोप संचालन हुने भनी जानकारी दिएको छ ।



चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ स्थित महादेवस्थान स्वास्थ्य चौकीले पनि सोही अनुरुप आज एक सूचना जारी गर्दै वडाबासीलाई नियमित खोप सेवा लिन आग्रह गरेको छ ।



