काठमाडौं । चन्द्रागिरि अन्तर वार्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ मा अन्तर वार्डकप फुटबल प्रतियोगिताको दोस्रो संस्करण हुन लागेको हो । चन्द्रागिरि अन्तर प्रतियोगिता समितिका अध्यक्ष नेशन महर्जनले चन्द्रागिरि नगरपालिकामा विभिन्न समयमा फुटबल प्रतियोगिता हुँदै आएपनि खेलाडी बाहिरिबाट ल्याएर खेलाउँदा लाखौं रुपैयाँ सकिदा नगरको उपलब्धी भने शुन्य हुने गरेको बताउनु भयो । उहाँले समितिले यो विषयलाई गम्भीतापूर्वक लिएकोले स्थानीय खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता समाजले गर्न लागेकोले यो खेलमा बाहिरी खेलाडीलाई पूर्णरुपमा निषेध गरिएको जानकारी दिनुभयो ।

अध्यक्ष महर्जनले चन्द्रागिरि नगरपालिका भित्र स्थायी रुपमा बसोबास गर्दै आएका १५ वटै वडाका स्थानीय खेलाडीले मात्र वार्डकप फुटबल प्रतियोगितामा सहभागिता जनाउन पाउने बताउनु भयो । उहाँले अन्यत्रबाट आई चन्द्रागिरिमा बसोबास गरेका खेलाडीको हकमा भने बसाई सराईको प्रमाणपत्र अनिवार्य भएको उल्लेख गर्नुभयो ।

प्रतियोगिता २०८१ असोज १७ गतेदेखि २४ गतेसम्म नैकाप फुटबल मैदानमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय