काठमाडौं। चन्द्रागिरि अन्तर वार्ड कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्वर ४ थानकोटले जितेको छ ।
नैकाप फुटबल मैदानमा आज भएको फाइनल खेलमा वडा नम्बर ९ मच्छेगाँउलाइ १–० गोल अन्तरले पराजित गर्दै वडा नम्वर ४ विजय भएको हो ।



प्रतियोगिताको विजेता वडा नम्वर ४ ले नगद २ लाख तथा ट्रफी पुरस्कार पाएको छ । उपविजेता वडा नम्वर ९ ले १ लाख रूपैयाँ नगद तथा ट्रफी पाएको छ ।
प्रतियोगितामा म्यानअफ द म्याच वडानं ४ थानकोटका सहन श्रेष्ठ, वेष्ट टिम वडा नम्वर १५,वेष्ट गोल किपर वडा नम्वर ४ , हाइ स्कोर वडा नम्वर ४ का सयेस महर्जन, वेष्ट प्लेयर वडा ९ का संन्जिप महर्जनले नगद तथा ट्रफि प्राप्त गरेका छन ।

मंसीर ९ गतेबाट सुरु भएको प्रतियोगितामा नगरपालिकाका १५ वडा मध्य १४ वडाको सहभागिता रहेको थियो ।



