काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात्र मन्त्री देवेन्द्र दाहालले चन्द्रागिरि–चित्लाङ सडकको अनुगमन गर्नुभएको छ । नेपाल सरकारको ४० करोड बजेट मार्फत सडक स्तरीकरणको कार्य भइरहेको उक्त सडकको आज मन्त्री दाहालले अनुगमन गर्नुभएको हो ।

अनुगमनका क्रममा मन्त्री दाहालले बागमती प्रदेशको राजधानी हेटौंडा पुग्ने सबैभन्दा छोटोमार्ग भएकाले निर्माणकार्यमा ढिलासुस्ती नगर्न र स्तरीय काम गर्न सरोकारवाला निकायलाई निर्देशन दिनुभएको छ ।

अनुगमनमा प्रधामन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, संविधानसभा सदस्य सुवासचन्द्र ठकुरी, नेकपा एमालेका प्रमुख सचेतक एवम् प्रतिनिधिसभा सदस्य महेश बर्तौला, नेपाली कांग्रेसका नेता एवम् निर्माण व्यवसायी महासंघका सल्लाहकार जयराम लामिछानेको उपस्थिति रहेको थियो । सडक विभागका प्राविधिकसहितको अनुगमनमा मकवानपुर उत्तरी भेगका अगुवालगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय