काठमाडौं । चन्द्रागिरि नगरपालिकामा जिआइएस-जीपिएस प्रणाली लागु हुनेभएको छ । यही आउँदो पुस १८ गते गृहमन्त्री रमेश लेखकले उक्त प्रणालीको शुभारम्भ गर्नुहुने भएको हो ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले जिआइएस-जीपिएस प्रणाली लागुभएसँगै नगरबासीको हरेक घरमा डिजिटल नम्बर रहने बताउनु भयो । उहाँले यो प्रणालीको शुभारम्भसँगै विश्वको कुनै पनि स्थानबाट चन्द्रागिरि नगरपालिकामा भएका विकास निर्माण, व्यक्तिको घर, सडकको अवस्था र विभिन्न ठाउँको नामलगायत जानकारी कम्प्यूटर, ल्याबटप र मोवाइलबाट लिन सकिने उल्लेख गर्नुभयो । उहाँले यस्तै प्रणाली केही पालिकामा मात्र लागु भएपनि चन्द्रागिरि नगरपालिकामा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको जीपीएस÷जीआइएस प्रणाली लागु हुने दाबी गर्नुभयो ।



यसअघि चन्द्रागिरि नगरपालिकामा अनलाइनबाट घर नक्सा पास व्यवस्थापन प्रणाली (इबीपीएस) सेवा सुरु गरिसकेको छ । यो प्रणाली सुरुभएसँगै नगरबासीले फाइल बोकेर वडा र पालिका धाउने अवस्थाको अन्त्य भएको छ ।



