फाइल तस्विर
काठमाडौं । चन्द्रागिरि नगरपालिकामा खुल्ला एकल नृत्य प्रतियोगिता आयोजना हुने भएको छ । राइजिङ स्टार कल्चर ग्रुपले आउँदो माघ १९ गते शनिबार प्रतियोगिताको आयोजना गर्न लागेको हो ।



प्रतियोगितामा टिपिकल, आधुनिक, हिपप, क्लासिकल, लिरिकल, कन्टेम्बरी, झ्याउरे, मारुनी, कौडा, रिमिक्सलगायत डान्स हुनेछ । ग्रुपका अध्यक्ष विक्रम तामाङले नेपाल अधिराज्यभर लुकेका प्रतिभालाई उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, दोस्रोलाई १५ हजार, तेस्रो विजेतालाई १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बताउनु भयो । अध्यक्ष तामाङले शीर्ष दश विजेतालाई सान्तोना पुरस्कार नगद र प्रमाणपत्र प्रदान गरिने समेत जानकारी दिनुभयो ।



