चन्द्रागिरि, २२ फाल्गुण – चन्द्रागिरि नगरपालिका अन्तर्गत स्वास्थ्य संस्थाहरूले आजदेखि नगरस्तरिय स्क्रिनिङ्ग अभियानको शुरुवात गरेका छन्। यो अभियान ३० वर्ष माथिका नागरिकहरूको नसर्ने रोग जाँच गर्नका लागि सुरु गरिएको हो। नगर प्रमुख घनश्याम गिरीले सतुंगलको शहरी स्वास्थ्य केन्द्रमा आयोजित एक कार्यक्रममार्फत अभियानको उद्घाटन गरे। अभियानमा मधुमेह, रक्तचाप, मृगौला सम्बन्धी रोग, र बॉडी मास इन्डेक्स जाँच गरिनेछ।
पहिलो दिन २४३३ जनाले विभिन्न स्वास्थ्य जाँच सेवाहरू लिनु भएको छ। चन्द्रागिरि नगरपालिकाले यो अभियानको माध्यमबाट नसर्ने रोगहरू जस्तै मधुमेह र उच्च रक्तचापलाई पहिचान गरी समयमै उपचार गराउनका लागि लक्ष्य तय गरेको छ।






