काठमाडौं । चन्द्रागिरि नगरपालिकामा शहरी हाट बजार लाग्ने भएको छ ।

नगरपालिका प्राङ्गणमा मंसिर २७ गते बाट हाटबजार लाग्ने भएको हो । गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत तालिम लिइ व्यवसाय सञ्चालन गरिरहेका व्यवसायी र मौलिक सिपमा आधारित व्यवसायको लागि अनुदान प्राप्त गरेका व्यवसायीले उत्पादन गरेको बस्तुहरु हाट बजारमा प्रदर्शन तथा बिक्री बितरणका लागि राखिने नगरपालिकाका आर्थीक विकास शाखा प्रमुख राजु बहादुर खड्काले जानकारी दिए ।

 

हाटबजार मंसिर २८ गते सम्म चल्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय