https://www.youtube.com/watch?v=td30gy56Bqo&t=24sकाठमाडौं । चन्द्रागिरि नगरपालिकाले आर्थिक वर्ष २०८०-०८१ को बजेट पारित गरेको छ ।
https://youtu.be/z26vn0Io-1Y
नगर सभाको १२औं अधिवेशनबाट नगरपालिकाले आगामी वर्षको लागि २ अर्ब ८ करोड ३२ लाख ७७ हजार बजेट विनियोजन गरेको हो । नगरपालिकाले अघिल्लो वर्ष २ अर्ब ४७ करोड ८४ लाख ३२ हजार बजेट विनियोजन गरेको थियो । यस वर्ष देशब्यापी आर्थिक मन्दी र जग्गा कर संकलनमा कमी आएकोले बजेट कम ल्याएको नगरपालिकाका प्रवक्ता कृष्ण प्रसाद खड्गीले जानकारी दिनुभयो ।
नगरपालिकाले पूँजीगततर्फ ९३ करोड ५९ लाख ९७ हजार र चालूतर्फ १ अर्ब १४ करोड ७२ लाख ८० हजार विनियोजन गरेको छ । साथै नगरपालिकाले यसवर्षदेखि नगरपालिकाभित्र जन्मने नवजात शिशुका लागि ५ हजार खातामा राखिदिने निर्णय पनि गरेको छ । यस कार्यक्रमले सामाजिक सुरक्षा कार्यक्रमलाई थप टेवा पुग्ने नगरपालिकाको विश्वास छ । साथै, नगर क्षेत्रमा रहेका १५ वटै वडालाई कार्यसम्पादन मापकको आधारमा ए प्लस, ए, बी र सी गरी वर्गीकरण गरेको छ । वर्गीकरणकै आधारमा वडा क्षेत्रमा बजेट विनियोजन भएको नगर प्रवक्ता खड्गीले जानकारी दिनुभयो ।
वडा नम्बर १, ३, ८, ११, १२ र १५ ए प्लस, वडा नं. ५, ६, ७, ९, १० र १४ ए र वडा नं. २, ४ र १३ बी श्रेणीमा वर्गीकरण गरिएको छ । ए प्लस श्रेणीमा पर्ने वडाले १ करोड ५० लाख, ए श्रेणीमा पर्नेले १ करोड ४० लाख र बी श्रेणीमा पर्ने वडाले १ करोड ३० लाख बजेट पाउने भएका छन् ।
नगरसभाको १२ औं बैठकले सर्वसम्मतरुपमा पारित गरेको चन्द्रागिरि एकीकृत खानेपानी तथा सरसफाई व्यवस्थापन सम्बन्धी विधेयक २०८० लाई मूर्तरुप दिन नगरपालिकाले वडामा छुट्याएको बजेटमध्ये १० प्रतिशत बजेट खानेपानीका लागि अनिवार्य छुट्याउनु पर्ने व्यवस्था गरेको छ ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय