काठमाडौं । चन्द्रागिरि नरपालिकाले सार्वजनिक सुनुवाई गर्ने भएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७८ को उपदफा ५ बमोजिम नगरपालिकाको आर्थिक वर्ष २०८१-०८२ मा सम्पादित योजना, कार्यक्रम तथा सेवा सुविधा प्रवाह सम्बन्धी सर्वजनिक सुनुवाई गर्न लागिएको नगरपालिकाका सूचना अधिकारी नुमानन्द दमासेले जानकारी दिनुभयो ।
अधिकारी दमासेले बैशाख ३० गते नगरपालिको प्राङ्गणमा हुने सार्वजनिक सुनुवाई कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनलको नेपाल शाखाले सहजीकरण गर्ने बताउनु भयो । उहाँले कार्यक्रममा जनप्रतिनिधि, नगरवासी, राजनीतिक दलका प्रतिनिधि, उपभोक्ता समितिका पदाधिकारी, बुद्धिजीवि, नागरिक समाज, सञ्चारकर्मी, गैर सरकारी निकायका प्रतिनिधिहरु, समाजसेवीलगायत सरोकारवालालाई सहभागी हुन आग्रह गर्नुभएको छ ।







