काठमाडौं । चन्द्रागिरि नगरपालिकाले मंसिरको पहिलो साताबाट नगर प्रहरी परिचालन गर्ने भएको छ । नगर प्रहरी छनोटका लागि नगरपालिकाले आवेदन परेकाहरुको परीक्षा संचालन गर्न परीक्षा तालिका सार्वजनिक गरेको छ । नगरपालिकाले नगर प्रहरी सेवा करारमा पदपूर्तिका लागि असोज १४ गतेबाट परीक्षा संचालन गर्ने भएको हो ।

परीक्षा अन्तरगत उचाई, तौल, छाति, आँखा र प्रारम्भिक स्वास्थ्य परिक्षण गरिने छ । प्रहरी जवानका लागि महिला आवेदकहरुका लागि असोज १४ गते, नगर प्रहरी निरिक्षकलगायत नगर प्रहरी जवान सि.नं. १ देखि ७७ सम्मका पुरुष आवेदकको परीक्षा असोज १५ गते र सि.नं. ७८ देखि १६८ सम्मका आवेदकको असोज १६ गते चन्द्रागिरि नगर कार्यपालिकाको परिसरमा विहान ६ः३० बजे देखि परीक्षा सुरु हुनेछ । उक्त परीक्षामा उत्तिर्ण भएकाहरुका लागि शारीरिक तन्दुरुस्ती मूल्यांकन परीक्षा, महिलाहरुका लागि असोज १७ गते, नगर प्रहरी निरीक्षकसहित नगर प्रहरी जवान सि.नं. १ देखि ७७ सम्मका लागि असोज १८ गते र सि.नं. ७८ देखि १६८ सम्मका लागि असोज १९ गते राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा विहान ६ बजेदेखि परीक्षा संचालन हुनेछ ।

शारीरिक तन्दुरुस्ती मूल्यांकन परीक्षा उत्तिर्ण भएका परीक्षार्थीको असोज २६ गते लिखित परीक्षा हुनेछ । उक्त परीक्षामा उत्तिर्ण भएकाहरुको विस्तृत स्वास्थ्य परीक्षण भने प्राथमिक अस्पताल थानकोटमा असोज २७ गते विहान ७ः३० बजे हुनेछ । लिखित र विस्तृत स्वास्थ्य परीक्षणबाट उत्तिर्ण भएकाहरुका लागि असोज ३० गते चन्द्रागिरि नगरपालिकामा विहान ८ बजे अन्तरवार्ता लिइने छ । उक्त अन्तरवार्ताबाट नगर प्रहरी छनोट गरिने नगरका वरिष्ठ शाखा अधिकृत नविन खालिङले जानकारी दिनुभयो ।

नगर प्रहरीका लागि कूल २ सय ९९ जनाको निवदेन परेको थियो । नगरपालिकाले छैटौं अधिकृत स्तरको एक नगर प्रहरी निरीक्षक, सहायक चौंथो तहको नगर प्रहरी सहायक निरीक्षक एक, नगर प्रहरी जवान १५ खुला र महिलातर्फ ८ जना नगर प्रहरी जवानको लागि दरखास्त आह्वान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय