काठमाडौं । दोस्रो उपत्यकाब्यापी अन्तर पालिका गोदावरी मेयरकप फुटबल प्रतियोगिता २०८२ मा चन्द्रागिरि नगरपालिका बाहिरिएको छ ।

गोदावरी बहुउद्देश्यीय रंगशालामा शनिबार भएको खेलमा चन्द्रागिरि दक्षिणकाली नगरपालिकासंग २–१ गोलअन्तरले पराजित भएको हो । खेलको पहिलो हाफको १८ औं मिनेटमा दक्षिणकाली नगरपालिकाका जर्सी नम्बर १७ का सानुकान्छा तामाङ्गले चन्द्रागिरि बिरुद्ध पहिलो गोल गरे । खेलको ३३ औ मिनेटमा सानुकान्छा तामाङ्गले नै दोश्रो गोल गरे । चन्द्रागिरिका आयुष्मान श्रेष्ठले गोल फर्काए । त्यसपछि कुनै गोल गर्न नसक्दा चन्द्रागिरि नगरपालिका दक्षिण्कालीसँग पराजित हुँदै प्रतियोगिताबाटै बाहिरिएको हो ।

पाँच लाख रुपैयाँ पुरस्कार राशी रहेको प्रतियोगितामा काठमाडौं उपत्यकाका १३ स्थानीय तहले भाग लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय