काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर १० ले मानव बेचविखनविरुद्धको १८औं राष्ट्रिय दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । तीनै तहका सरकारको प्रतिबद्धता मानव बेचविखनविरुद्ध सबैको ऐक्यवद्धता भन्ने नाराका साथ महिला सचेतना, सम्मान, हाटबजार तथा हरितालिका तीजको शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको हो ।

लाछि टोलमा आयोजना गरेको कार्यक्रममा वडाका विभिन्न १२ वटा महिला समूहबीच नाचगानको प्रतिस्पर्धा गराइएको थियो । नवज्योति महिला समूह, दिदी बहिनी महिला समूह, सिसन डोल, एकल महिला समूह, सहयोगी समूह, ओमकृष्ण महिला विकास समिति, शिलु स्वलश्वी मिसा पुचः, चन्द्रागिरि आमा समूह, बुद्धचोक धौलागिरि प्रगतिशील महिला समूह, विन्धबासिनी महिला समूह र चन्द्रागिरि नगरपालिका वडा नं १० अन्तरगत सतुङ्गल स्वास्थ्य चौकी, शहरी स्वास्थ्य शहरी स्वास्थ केन्द्र बोसिगाऊका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविकाले कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठ, वडा अध्यक्ष शिवकुमार महर्जन, विभिन्न वडाका जनप्रतिनिधि, कर्मचारी, स्थानीयलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय