काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ ले चालु आर्थिक वर्ष २०८१-०८२ को अन्तिम किस्ता भत्ता रकम वितरण गरेको छ । सामाजिक सुरक्षा भत्ताअन्तरगत ज्येष्ठ नागरिक, ज्येष्ठ दलित, एकल महिला, पूर्ण अपाङ्ग, आंसिक अपाङ्ग तथा दलित बालबालिका पोषण भत्ता वितरण गरेको हो ।

एन.आई.सी. एशिया बैंक थानकोट शाखाले वडा कार्यालयमा भत्ता वितरण गरेको थियो । वडा कार्यालयमा भत्ता लिन आउन नसक्ने अशक्त ज्येष्ठ नागरिकलगायतलाई घर–घरमै पुगेर वडाले भत्ता वितरण गरेको थियो ।

मिति २०८२ असार ३० गते वडा कार्यालयले सूचना जारी गर्दै वडाबासीलाई असार ३१ गते मंगलबार वडामा भत्ता वितरण गर्ने भनि सूचना प्रकाशन गरेको थियो । सोही सूचनाको आधारमा वडा कार्यालयमा वडाका ज्येष्ठ नागरिक, एकल महिलालगायतलाई भत्ता वितरण गरिएको थियो । वडा कार्यालयले भत्ता लिन छुट व्यक्तिलाई सम्बन्धित बैंकमा सम्पर्क राख्न पनि आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय