काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ७, गौचरणमा भव्य रूपमा सञ्चालन भइरहेको नवाह कथा तथा सवा करोड दीप प्रज्वलन महायज्ञ २०८३ सातौँ दिनमा सफलतापूर्वक प्रवेश गरेको छ । धार्मिक आस्था, संस्कृति संरक्षण र सामाजिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यस ऐतिहासिक महायज्ञमा दिनप्रतिदिन भक्तजनहरूको उल्लेखनीय सहभागिता बढ्दो क्रममा रहेको छ ।

महायज्ञ अन्तर्गत वाचन शिरोमणी दिनवन्धु पोखरेल तथा विभिन्न विद्वान पण्डितहरूद्वारा नवाह कथा वाचन भइरहेको छ भने भक्तजनहरूले पूजा–अर्चना, भजन–कीर्तन तथा दीप प्रज्वलनमार्फत आफ्नो श्रद्धा प्रकट गरिरहेका छन् । विशेष आकर्षणको रूपमा रहेको सवा करोड दीप प्रज्वलन कार्यक्रमले सम्पूर्ण बनदेवी क्षेत्रलाई झलमल्ल र आध्यात्मिक वातावरणले भरिएको बनाएको छ ।

स्थानीय बासिन्दा, विभिन्न संघसंस्था तथा देशका विभिन्न स्थानबाट आएका श्रद्धालुहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप भव्य र सफल बनाएको आयोजक समितिले जनाएको छ । यस महायज्ञले धार्मिक पर्यटन प्रवद्र्धनसँगै सामाजिक एकता र सद्भाव सुदृढ गर्ने विश्वास गरिएको छ ।

कार्यक्रम अब अन्तिम चरणमा पुगेको छ र केवल दुई दिन मात्र बाँकी रहेको सन्दर्भमा आयोजकले सम्पूर्ण धर्मप्रेमी महानुभावहरूलाई कार्यक्रममा सहभागी भई पुण्य आर्जन गर्न हार्दिक आह्वान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय